पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ओमिक्रोन स्थानीय स्तरमा फैलिसकेको अनुमान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  802 पटक हेरिएको

काठमाडौं, पुस २३ ।  

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

सरकारले स्वास्थ्य संस्थाहरुलाई आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरूको एथेस्ठ जोहो गर्न समेत निर्देशन दिएको छ । नेपालमा पनि कोरोनाको नया भेरिएन्ट ओमिक्रोन स्थानीय स्तरमा फैलिसकेको अनुमान गरीएको छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार