ललिता निबास जग्गा प्रकरणमा उच्च पदस्थ कर्मचारी सहित १२० जना बिरुद्ध पक्राउ पुर्जि जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  516 पटक हेरिएको

काठमाडौं, पुस १६ ।

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना गरी जम्म १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।

सरकारी जग्गा हिनामिना तथा ब्यक्तिको नाममा नामसारी गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार