जापान, मंसिर २४ ।

जापान सरकारले जापान प्रवेशमा नेपाल लगायत १७ देशलाई १४ दिन होम क्वारेन्टाईन बस्नु पर्ने नियम लागु गरेको छ । जापान सरकारले बिदेशी नागरिकहरुलाई जापान प्रबेश गर्दा ३ दिन अनिवार्य एयरपोर्टमा क्वारेन्टाईन बस्नुपर्ने नियम संशोधन गरीएको हो ।
विदेश मन्त्रालयद्वारा जारी सुचना अनुसार नेपाल सहित अर्जेन्टिना, युक्रेन, उज्वेकिस्तान, इक्वेडर, केन्या, कोस्टा रिका, कोलम्बिया, सुरिनाम, डोमिनिकन रिपब्लिक, टर्की, हाइटी, पाकिस्तान, फिलिपिन्स, मोरक्को, मंगोलिया र रूसबाट जापान प्रवेश गर्नेहरुले अब ३ दिन सरकारी क्वारेन्टाइन बस्न नपर्ने गरि नियम परिवर्तन गरेको हो ।
अफ्रिकामा देखिएको ओमिक्रोन कोरोना देखिए पछि जापान सरकारले नेपालबाट जापान आएका यात्रुहरुले पनि ३ दिन सरकारी क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था रहेकोमा आज (शुक्रबार) बाट यो नियम हटाएको हो ।



503 पटक हेरिएको 
















