नेपालमा पनि कोरोनाको नया भेरीयन्ट ओमिक्रोनको दुई संक्रमित पुष्टि, सजग बन्न स्वास्थ्य मन्त्रालयको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  531 पटक हेरिएको

काठमाडौं, मंसिर २० । 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो ।

आज २० मंसिर २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा . समिर कुमार अधिकारीका अनुसार दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार