दोलखामा एकै परिवारका तीन जना मृत फेला, मृतुको कारणबारे अनुसन्धान हुदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  318 पटक हेरिएको

काठमाडौं, मंसिर १५ ।   

दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले जानकारी गराउनु भयो ।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ । निजहरुको थप पोष्टम्याटमको लागि जिल्ला अस्पताल लागिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार