एमाले उपाध्यक्ष बामदेब गौतमले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट दिए राजिनामा, नेकपा एकिकृत समाजबादीमा जाने तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  618 पटक हेरिएको

काठमाण्डौँ, भदौँ १८।  

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए हुन। उहाँले पार्टीबाट राजीनामा दिनुभयो। अबको योजना के हो भन्नेबारे मलाई केही थाहा छैन, टमाटाले भने।

गौतमले लेखेको राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ। जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप समेत गौतमले ओलीलाई लगाएका छन्। पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाव पनि दिएँ। तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छारी बन्दै जानुभयो,उनले राजीनामा पत्रमा भनेका छन्, आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो। त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो। २०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो। कानुनी रूपमा विभाजन नभए पनि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली एकातिर थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल अर्कोतिर थिए। नेकपाका बहुमत केन्द्रीय सदस्यहरूले ओलीलाई पार्टीबाट निष्कासन समेत गरेका थिए। तर त्यसलाई निर्वाचन आयोगले मान्यता दिन आलटाल गरेको कारणले ओलीमाथिको कारबाहीले वैधानिकता पाउन सकेको थिएन। नेकपाका दुई समुूहले आ–आफ्ना ढंगले गतिविधि गर्दा गौतम भने नेकपा एकता अभियानमा लागेका थिए।

राजिनामा पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार