लुम्बिनी प्रदेशको मुख्यमन्त्रिमा कुलप्रसाद के.सी नियुक्त, मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  880 पटक हेरिएको

बुटवल, साउन २८ ।

लुम्बिनि प्रदेश प्रमुख शंकर पोखरेलले मुख्यमन्त्रि पदबाट राजिनामा दिएुसँगै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढेको छ । शंकर पोखरेलको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले लुम्बिनि प्रदेशका मुख्यमन्त्रिमा नेकपा माओबादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रिमा नियुक्त गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार