एनआरएनए जापानको मतदान मिति जुलाई ३० मा सर्यो, मताधिकारबाट बन्चित १७ सय मतदाताले समेत मतदान गर्न पाउने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  423 पटक हेरिएको

जापान, साउन १२ । 

एनआरएनए जापानको निर्धारित निर्वाचन जुलाई ३० तारिक शुक्रबार हुने निश्चित भएको छ । निर्वाचन कमिटि र एनआरएनए जापानको कार्यसमिति बिच देखिएको बिबादलाई चिर्दै निर्वाचन कार्यसमितिले निश्चित दुई कारण सहित निर्वाचन सरेको आधिकारीक जानकारी सार्वजनिक गरेको हो । कार्यसमितिले आधिकारीक निर्णय गरे पनि उक्त निर्णय निर्वाचन कार्यसमितिलाई मान्य नहुने जनाउदै आएका निर्वाचन कमिटिले पाँच समितिय अध्यक्ष मण्डलको समेत अनुरोध आएकोले त्यसलाई स्वीकार गरी जापानबासी गैरआवासीय नेपालीलाई सहज र पारदर्शि तरिकाले निर्वाचनमा सहभागिता गराउन र मतदाताहरुको ईमेल, मोबाईल नम्बर र पासवर्डमा देखिएको समस्या निराकरण गर्न जरुरी रहेको र त्यसको समाधान गरी निर्वाचनमा भाग लिई बैज्ञानिक तबरले निर्वाचन सम्पन्न गर्न आबश्यक रहेकोले निर्वाचन सारिएको जनाएको छ ।  निर्वाचन कमिटिले जारी गरेको बिज्ञप्ति जस्ताको जस्तै तल साभा गरेका छौँ ।

मिति २०२१ जुलाई २६ तारिखबाट २०२१ जुलाई २८तारिख १७ बजेसम्म तल दिइएको गुगल फर्म भरी पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ ।आफ्नो व्यक्तिगत विवरण Update गर्नुपर्ने सदस्यहरुको नामावली गत २०२१ जुलाई १३ तारिख सम्पन्न नमुना मतदानका बेला देखिएको निम्न लिखित समस्याहरुको आधारमा तयार गरिएको हो । फिर्ता आएका इमेलहरु SMS नगएका, फोन नम्बरहरु, सदस्यता स्वीकृत भइ सके पछाडी Email ID परिबर्तन गरिएकाहरु गुगल फर्मको लिंक यस प्रकार रहेकोछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdnMvbe2Ox1QwSVsSxK_LzHPuwro4gVbuH0kIJS46yeK9Bd4g/viewform?fbclid=IwAR2wH6AQ8cIo0bYt_dax3jJUbdWSkFG4n6-cHCUxJqy_EPJ34jL26zGEMr0

व्यक्तिगत विवरण Update गर्नुपर्ने सदस्यहरुको नामावली यस प्रकार रहेकोछ।

https://drive.google.com/drive/folders/1r1OzcnIie_QTRqZtPetjYH0BUxSnMbmT?usp=sharing

मतदान मितिका सम्बन्धमा जरुरी सूचना

एनआरएनए जापानका मतदाता सदस्य साथीहरू,

निर्वाचन समितिले मिति २०२१ जुलाई ४ तारीखका दिनमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि मिति २०२१ जुलाई २७ मा मतदान गराउनु पर्ने थियो, तर अहिले शृजीतरउत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले मिति २०२१ जुलाई २४ मा गरेको निर्णय र आज मिति २०२१ जुलाई २६ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोधपत्रलाई आधार मानि, मतदान मितिलाई निम्नानुसार सारिएको कुरा यहाँहरू सम्पूर्णलाई जानकारी गराउँदछौँ।

मतदान मिति र समय:-

२०२१ जुलाई ३० तारीख (शुक्रबार), बिहान १० बजे देखि साँझ ८ बजेसम्म

यसका कारण, पूर्व निर्धारित मिति २०२१ जुलाई २६, ००:०० देखि जुलाई २७, १०:०० सम्मको “शून्य समय” पनि मिति २०२१ जुलाई २९, ००:०० देखि जुलाई ३०, १०:०० सम्ममा परिवर्तन गरिएको व्यहोरा पनि जानकारी गराउँदछौँ।

मतदान मितिलाई केही पछाडि सार्नुपर्ने परिस्थितिका बारेमा विगत ४/५ दिन देखि मौखिक रुपमा कुराहरु आइराखेको भएपनि, आधिकारिक रुपमा कार्य समितिको पत्र (ईमेल) हामीलाई हिँजो मिति २०२१ जुलाई २५ को बिहानमा मात्र प्राप्त भएको र हामीले पनि त्यस निर्णयको कडा प्रतिवाद गरि मतदान मिति सार्न नसकिने जानकारी गराएका थियौं। हाम्रो बटमलाइन चाहिं सम्पूर्ण उम्मेदवारहरुको सहमति चाहिन्छ भन्ने थियो तर सम्बन्धित व्यक्तित्वहरुबाट त्यसो गर्न नसकिने जानकारी आए लगत्तै हामीले उम्मेदवारहरूलाईनै अनलाइन मार्फत सोध्ने निर्णय गरि ५३ जना उम्मेदवारहरूलाई ईमेलमार्फत सोधेर हेर्यौं। समय कम भएर पनि हुनसक्छ तर यसको हामीले जम्मा ७ जना उम्मेदवारहरूबाट मात्र जवाफ पाएकाले, मतदान मिति सार्ने वा नसार्ने भन्नेबारेमा केहिपनि उपयोगी हुन सकेन।

हामीलाई जानकारी गराइए अनुसार, मतदान मिति सार्नुपर्ने अवस्थाको शृजना निम्न दुई प्रमुख समस्याहरू केही हदसम्म समाधान गर्नका लागि भएको छ।

१. मिति २०२१ जुलाई १३ मा गरिएको ट्रायल भोटिङका बेला ईमेल सर्भर र फोन सीस्टमको रिजेक्शनका कारण मतपत्रलिङ्क पाउन नसकेका जम्मा १,२५७ जना (यो संख्या ईमेल र फोन दुबै मिलाउँदाको हो) मतदाताहरूलाई यसका बारेमा सूचना दिइ, नयाँ ईमेल ठेगाना र नयाँ मोबाइल फोन नम्बर दर्ता गराउनका लागि ।

२. कुनै अन्य व्यक्तिले (या व्यक्तिहरूले) कुनै कारणरउद्देश्यवश लगभग १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन गरिदिएकाले, त्यी मतदाताहरूलाई पनि ईमेल ठेगाना सच्याउन लगाइ मतदान अधिकारको उपयोग गराउनका लागि

सहि मतदाता नामावलीनै निष्पक्ष निर्वाचन प्रकृयाको प्रमुख आधार भएकाले र मतदाता नामावलीको अधिकारिकताका सम्बन्धमा निर्वाचन समितिले कुनै किसिमको निर्णय गर्न नसक्ने भएकाले, हामी हाम्रो पूर्व निर्धारित कार्य तालिकामा कुनै पनि परिवर्तन गर्न नचाहाँदा नचाहाँदै पनि कार्य समितिको निर्णयलाई स्वीकारी, अध्यक्ष मण्डलको अनुरोधलाई पनि आत्मसात गरि यो सुचना जारी गरेका छौँ।

मतदान मिति ३ दिन पछाडि सारिएका कारण मतदाता र उम्मेदवार साथीहरूलाई पर्न गएको असुविधा र असहजताका लागि हामी हृदयदेखि नै क्षमा प्रार्थी छौँ।

धन्यवाद।
निर्वाचन समिति २०२१
(नेत्र प्रकाश भण्डारी र ऋषब पौडेल)

निर्वाचन कार्यसमितिलाई कार्यसमितिबाट आएको पत्र (ईमेल) र अध्यक्ष मण्डलबाट आएको अनुरोध पत्र यहाँहरूको जानकारीका लागि तल पोष्ट गरेका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार