तिहारको चौथो दिन गाई पुजा घरघरमा लक्ष्मिको रुपमा गाईको पुजा गरेर मनाईदै, नेवार समुदायको म्हःपुजा पनि आजै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1343 पटक हेरिएको

 काठमाडौं, कार्तिक ३० ।  

आज तिहारको चौथो दिन गाई, गोवर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यसैगरी आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि पूजा गर्ने गरिन्छ ।

नेवारी समुदायको म्हःपुजा पनि आज बेलुकि

नेवारी समाजको महत्वपूर्ण र बिशेष पुजाआजा गरी मनाउने महःपुजा नेवारहरुको महत्वपूर्ण चाड हो । सम्पूर्ण परिवार एकै ठाऊमा जम्मा भएर मण्डप बनाई घरको मूलीले सबैलाई ३र३ पटक सम्म पूजा गरेर सगुन खाने र अन्त्यमा भोज गरी मनाऊँने प्रचलन छ । सोही प्रचलन र नेवारी संस्कृतिको संरक्षणको लागी र महस्पूजा गर्नाले जीवन सुद्धि हुने धार्मिक बिश्वास रहीआएकोले रात भरी लगाएर महस्पूजा गर्नाले राक्षस वा सत्रुको नास हुने किंबदंती रहदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार