नेपाल भ्रमण २०२० मा सहभागी हुन बिदेशी पर्यटन मन्त्रि नेपालमा, मन्त्रि भट्टराईद्धारा स्वागत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  841 पटक हेरिएको

काठमाडौं, पुस १५ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० को औपचारिक शुभारम्भ भोलि एक औपचारिक कार्यक्रम गरी भोली उदघाटन हुदैछ । नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ । यस अवसरमा करिब आधा दर्जन मुलुकबाट उच्चपदस्थ पाहुनाले भाग लिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वङ सियापोफेङ नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । भ्रमण वर्षको उद्घाटनमा नेपाल आउने उच्च विदेशी पाहुनामध्ये उनी पनि एक हुन् ।

यस्तै बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटन प्रहृलाद सिंह पटेल नेपाल आइपुगेका छन् । उनलाई पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरे ।

भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ नेपाल आएका छन् । सरकारले भ्रमण वर्षको उद्घाटनका क्रममा सहभागिताका लागि दिएको निम्ता स्वीकार गर्दै पर्यटनमन्त्री नेपाल आएका हुन् ।

मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार