जापान, पुष ११।
जापान सरकारले कोरोना भाइरस रोकथामको लागि सबै देश र क्षेत्रका विदेशीहरूलाई जापानभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ ।
बेलायतमा तीव्र गतिमा सर्ने नया कोरोना भाईरसको संक्रमण फैलिएपछि
जापान सरकारले यहि डिसेम्बर २८ तारिखबाट जनवरीको अन्त्यसम्म जापान प्रबेश गर्न रोक्ने घोषणा गरेको छ ।
जापानले अर्थतन्त्रलाई चलायमान बनाउन कोरोनाको प्रभाव कम भएसंगैं गत महिनाबाट पुनः प्रबेश सहज बनाए पनि पछिल्ललो समय कोरोनाको अत्यधिक संक्रमक बढेपछि फेरि जापान प्रबेशमा कडा उपायहरू अझ मजबुत बनाउन बाध्य तुल्याएको जनाएको छ ।
हाललाई अर्को महिनाको अन्त्यसम्म विश्वभरका विदेशीहरूको नयाँ प्रवेश रोक्ने निर्णय गरेको एनएचकेमा समाचार छ ।



544 पटक हेरिएको 
















