बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता, बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  641 पटक हेरिएको

काठमाडौं, पुस १० ।   

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ ।

नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न शुक्रबार चार बजे बैठक बोलाइएको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए । प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध शुक्रबार नै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार