प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा केन्द्रीय कमिटीको बैठक बोलायो, बैठक ९ बजे बस्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1525 पटक हेरिएको

काठमाडौं, पुस ६ ।   

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य  महेश बस्नेतले पत्रकारहरूलाई जानकारी दिए ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार