काठमाण्डौं, पुष ४ ।
आज नेकपा भित्रको विवाद बढीरहेका बेला प्रचण्ड निवासमा एक पछि अर्का नेताहरु पुग्ने क्रम चलेको छ । पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेर ओली बाहिरिए पछि अर्का वरिष्ठ नेता माधव कुमार नेपाल पुगेका छन् । ओली र प्रचण्डबीच छलफल चल्दै गर्दा बीचमा वामदेव गौतम पनि पुगेका थिए ।
अहिले नेपालले ओलीसगँ भएको छलफलबारे जिज्ञासा राख्न र थप रणनीति तय गर्ने मनशायले माधव नेपाल पुगेको बताईएको छ । पछिल्लो समय पूर्व एमालेका शीर्षनेताहरू नै प्रधानमन्त्रि ओलिलाई जसरी नि पदबाट हटाउने रणनीतिमा रहेको बिज्ञहरूको बुझाई रहेको छ ।