
काठमांडौ, मंसिर ३० ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताएका छन् । सरकारले परिषद् अध्यक्ष ९प्रधानमन्त्री०सहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएसंगै रजनीतिमा नया तरंग पैदा गरेको छ । सरकारले ल्याएको संशोधित अध्यादेशको विरोध गर्दै विपक्षी दलका सभापति शेर बहादुर देउवाले बिमति जनाउदई कार्यबिधिको विरोध गरेको हो ।
यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको देउवाले बताएका छन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ।





464 पटक हेरिएको 
















