काठमाडौं मंसिर, २३ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।
त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ । अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक गेम खेल्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ ।
पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि त्रिवि क्रिकेट रंगशालामा खेल्नेछ । यस अघिको खेलमा भने काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । योसँगै आजको गेम यि दुई बिच तेस्रो पटक हुदै छ जसमा काठमाण्डु गोर्खाजको लागि महत्वपुर्ण रहनेछ । यो खेलमा जसले जित हात पार्छ उ नै सुदुरपश्चिमसँग हारेका बिराटनगर किङ्गससँग खेल्नेछ ।



84 पटक हेरिएको 

















