प्रधानमन्त्रि ओलिद्वारा आज ११ बजेको लागि सर्वदलीय बैठक आह्वान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  381 पटक हेरिएको

काठमाण्डौं, मंसीर २३ ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।
बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाईएको छ ।

अन्य दलहरुले सरकारको आलोचना गर्दै संसद अधिवेशन माग गरीरहेका छन् । प्रधानमन्त्री ओलीले यस अघि ससदको अधिवेशन अन्त्य गरेका थिए । पछिल्लो समय सरकार विरुद्ध र पुन:राजतन्त्रको पुनर्स्थापित गर्ने भन्दै नागरिक समूह र राजाबादीहरूको चर्को आन्दोलन हुन थालेपछी गणतंत्रबादीहरुले सरकार आन्दोलनको पक्षमा रहेको भन्दै आलोचना गरेका छन ।

पार्टी भित्र पनि संकट बढेको र सरकार बिरुद्ध आलोचना र प्रदर्शन बढीरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार