काठमाडौं, मंसिर ८ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिने भएकोछ।
पछिल्लो दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारका क्रममा विशालनगरस्थित केयर होममा थिए । उनको त्यहीँ निधन भएको थापाले जानकारी दिए । त्यसअघि टेण्डीलाई उपचारका लागि भारत र अमेरिका समेत लगिएको थियो । लामा अमृत साईन्स क्याम्पसका पूर्व स्वबियू सभापति समेत हुन ।



498 पटक हेरिएको 
















