भिम बिष्ट, सरु गौतम र अस्मिता अधिकारीको स्वरमा “चम्चा पिलेट” सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  78 पटक हेरिएको

काठमाण्डौँ, मंसिर ५ ।

गायक भिम बिष्ट, अस्मिता अधिकारी र गायिका सरु गौतमको स्वरमा नयाँ गीत चम्चा पिलेट’ सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा टेलिसिरियलबाट चर्चामा आएका कलाकार जीबेश गुरुङ्ग, गिता ढुङ्गाना, भिम कुसारी, कुमार कटुवाल र रोष्नी कार्कीको मुख्य अभिनय रहेको गायिका सरु गौतमले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

भीम कुसारीको शब्द र संगीत रहेको छ । गीतको भिडियो कोरियोग्राफर भने बिशाल महराले गरेका हुन् । यसअघि गायिका सरु गौतमको बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ । आजमात्र ईनाक्षी ईन्टरटेनको अफिसियल युबट्युबबाट सार्वजनिक गरिएको चम्चा पिलेटमा सामाजिक परिबेश, माया पिरेम र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

उक्त गितको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार