पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ जना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  381 पटक हेरिएको

काठमाडौं, कात्तिक २८ ।

पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, ललितपुरमा १८०, भक्तपुर, मोरङ र सुनसरीमा १०८/१०८, कास्कीमा ७६, नवलपरासी पूर्वमा ४७, कैलालीमा ४१, काभ्रे र रुपन्देहीमा ४०/४० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाँकेमा ३३, सिराहा र पाल्पामा १९/१९ जना, धादिङ र नुवाकोटमा १७, जना, सप्तरीमा १६ जना, धनुषा र बर्दियामा १५, कञ्चनपुरमा ११ र स्याङ्जामा १० जना संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोक र डोटीमा ९/९, दाङमा ८, उदयपुर, सोलुखुम्बु, पर्सा, महोत्तरी, दोलखा, नवलपरासी र रोल्पामा ७/७ जना, सर्लाही, सिन्धुली, बागलुङ र गुल्मीमा ६/६ जना, तेह्रथुम, गोरखा र कपिलवस्तुमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलाम, पाँचथर, भोजपुर, तनहुँ, प्युठान र बझाङमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, रौतहट, रामेछाप, पर्वत, सुर्खेत र दार्चुलामा ३/३, बारा, म्याग्दी, लमजुङ र सल्यानमा २/२ जना र ओखलढुंगा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुम पश्चिम, हुम्ला र अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार