मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत, आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  230 पटक हेरिएको

 

हेटौड़ा, कात्तिक २२, ।   

आज भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत प्राप्त गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आज प्रदेश सभामा बिश्वासको मत लिने क्रममा ऊठेका प्रश्नहरूको जबाफ दिदै उक्त घोषणा गरेको हो ।

सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए । विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने बताए ।

‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’ उनले भने । मुख्यमन्त्री पाण्डेले असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने र सम्भव योजना पूरा गर्ने पनि बताए ।

उनले समयमा बजेट खर्च गर्न क्यालेन्डर बनाएर काम गर्ने र बजेट खर्चमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने पनि बताए । हालसम्म प्रदेश सरकार सञ्चालन ऐन नरहेको भन्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकार सञ्चालन ऐन ल्याउने पनि बताए ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस । 

बाग्मति प्रदेशका नवनियुक्त मुख्यमन्त्रि राजेन्द्र पाण्डेले आज बिश्वासको मत लिदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार