नेफिन क्यूशुद्वारा भाईटिकाको दिन बृहत देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ आयोजना, सबैलाई सहभागी हुन अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  678 पटक हेरिएको


जापान, कार्तिक १८ । 

जापानको फुकुओका स्थित रहेको नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रिय कार्यसमितिको आयोजनामा बृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम २०२१ आयोजना हुने भएको छ । नेपालीहरूको महानचाड तिहार तथा शुभदीपावाली र छठ पर्वको पावन अवसरमा कर्म भूमि जापानमा रहनुहुने नेपालीसमुदायलाई एकीकृत गरी एक आपसमा भाईचाराको सम्बन्द कायम गर्ने उदेश्याले जापानस्थित फुकुओकामा रहेका सम्पूर्ण संघसस्थाहरुसंगको संस्थागत सहकार्यमा बृहत शुभकामना, देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरूको महान चाड तिहारको बिशेष दिन भाई टिकाको दिन साँझ ५ बजेबाट शुरू हुने उक्त कार्यक्रममा नेपालबाट नेपाल सरकारको पूर्व कानुन तथा न्याय मन्त्री शेर बहादुर तामाङ ज्युको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको हो ।

परदेशमा रहेका नेपालीको अभिभावक भूमिकामा पूर्व मन्त्री शेर बहादूर तामाङ, सांसद नबीना लामाको विशेष आतिथ्यमा आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापक सन्तमान शाक्यले जानकारी गराउनु भयो । त्यस्तै उक्त कार्यक्रममा नेपालबाट मिस कम्पोलिटन वोल्ड २०१९ का विजेता मिस प्रिया रानी लामा, कलाकार तथा नायिका दिपाशा बि.सिको साथमा  चर्चित कलाकारहरूको समेत बिशेष आथित्य रहनेछ । शिक्षा सहायता कोष अभिवृद्धि दीपावाली,छठ पर्वको शुभकामना आदानप्रदान देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको र उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी गराउनु भयो । उक्त कार्यक्रममा बिशेष अतिथिको रूपमा जनजाति महासंघका अध्यक्ष, जनजाति महासंघ जापानका अध्यक्ष, पूर्व अध्यक्षहरू, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदका अध्यक्ष, पत्रकार महासंघ जापानका अध्यक्ष लगायतको समेत जुम मार्फ़त सहभागी रहने समेत जानकारी गराउनु भयो ।

उक्त कार्यक्रम जापानको फुकुओकामा रहेका प्रमुख ४ संस्था गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रिय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी, नेपाल जापान फ़्रेण्डसिप लायन्स क्लब र हाम्रो नेपाल हामी नेपाली संस्थाहरू सह-आयोजकको भूमिकामा रहेको आयोजक समितिले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा कलाकार तथा नायिका दिपाशा बि. सिको बिशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको आयोजक समितिले जानकारी दिनु भयो । आयोजक टिमले सामाजिक संजाल मार्फ़त कार्यक्रममा सम्पूर्ण जापानबासी दाजुभाई तथा दीदीबहिनीहरूलाई जानकारी गराउदई उपस्थितको लागि समेत सम्पूर्णलाई हार्दिक अपिल समेत गरेको छ । कार्यक्रमको प्रमुख अतिथि मार्फ़त उदघाटन मन्तव्य मार्फ़त कार्यक्रमको उदघाटन गर्ने र प्रत्यक्ष रूपमा फुकुओका स्थित रहेका प्रमुख संस्थाका अध्यक्ष तथा संयोजक मार्फ़त संयुक्त रूपमा केक क़ाटेर समेत उदघाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त कार्यक्रममा देउसि भैलोका साथै बिभिन्न सांस्कृतिक कार्यक्रम र रात्रिकालीन पार्टी समेत रहेको आयोजक संस्था जनजाति महासंघ क्यूशुले जानकारी गराएको छ । नेफिनद्वारा आयोजना गरीएको शिक्षा सहायता कोष अभिवृद्धि, दीपावली शुभकामना, देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ को जापानबाट संचालित सम्पूर्ण संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरीने भएको छ ।

कार्यक्रमबारे थप जानकारी तल दिएको छ । 

कार्यक्रम:- शिक्षा सहायता कोष अभिवृद्धि ,देउसी भैलो शुभकामना आदानप्रदान कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम २०२१

मिति :- २०२१ नोवेम्बर ६ तारीक शनिवार
समय:- ५:०० (जापान)
२:००(नेपाली समय)
स्थान :- ससुराली घर नेपाली रेस्टूरेन्ट हाकोजाकी फुकुओका जापान
(नोट:-हाकोजाकी स्टेशन बाट पैदल ५ मिनेट)
सम्पर्क व्यक्ति
रोसन राई ( अध्यक्ष) +81 80 3987 2553
सन्तमान शाक्य ( सचिव) +81 80 9058 7509

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार