जापानको नागोया सिटीमा म्याग्दीका भरत पुनले सात तलाबाट हामफाली आत्महत्या गरे, प्रहरीद्वारा थप अनुसन्धान गरिदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  744 पटक हेरिएको

जापान, कार्तिक १८ । 

जापानको नागोया सिटीमा एक नेपाली युवाले आत्महत्या गरेको छ । म्याग्दी घर भई बिगत लामो समयदेखि नागोया सिटीमा बस्दै आएका भरत पुनले आफु बस्ने घरको सात तल्लाबाट हाम फालेर आत्महत्या गरेको खबर प्राप्त भएको छ ।

पछिल्लो जानकारी अनुसार हाम फालेका पुनलाई उपचारका लागि लगिएकोमा हस्पिटलले मृत्यु भएको घोषणा गरीएको जनाएको छ ।

एनआरएन नागोयाका संयोजक स्याम शितलले सामाजिक संजाल फेसबुकमा उल्लेख गरीएनुसार घटना के कारणले भएको सोको पुष्टि नभएको र घटनाको बारेमा विस्तृत छानविन भईरहेको भन्दै नागोया प्रहरीले जानकारी दिन नमिल्ने बताएको जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार