२० सदस्यीय नेपाली टोली सहित प्रधानमन्त्री देउवा स्कटल्यान्डतर्फ प्रस्थान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  847 पटक हेरिएको


काठमाडौ, कार्तिक १२ । 

प्रधानमन्त्री शेरबहादुर सहितको प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन स्कटल्यान्डतर्फ प्रस्थान गरेको छ । कतार एयरवेजको बिमानबाट नेपाली डेलिगेसन टोली पौने ११ बजे त्यसतर्फ लागेको हो । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा बेलायत जान लागेका हुन् ।देउवाको डेलिगेसनमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल, अर्थसचिव मधुकुमार मरासिनी, ऊर्जासचिव देवेन्द्र कार्की, गृहसचिव टेकनारायण पाण्डे, योजना आयोग सचिव केवलप्रसाद भण्डारी छन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदी, परराष्ट्र सचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की, प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् ।सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशष्त्र प्रहरी निरिक्षक रामहरी श्रेष्ठसहित पाँच सुरक्षा अधिकृत र ३ जना सरकारी संचारमाध्यमका पत्रकार समेत छन् ।

अन्य सहभागी बेलायती दूतावासबाट सहभागी हुने भएका छन् । ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप–२६ आयोजना हुँदैछ । प्रधानमन्त्री देउवा कात्तिक १८ गते बिहान साढे ८ बजे नेपाल फर्कने कार्यक्रम छ ग्लास्गो साइडलाइनमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडनका विशेष जलवायु दूत जोन केरी लगायतलाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले नोभेम्बर १ र २ मा कोप–२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । उनले त्यहाँ नेपालको तर्फबाट जलवायु मुद्दा समेट्दै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार