आज ३हजार ९३ जना संक्रमण थपियो, कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  553 पटक हेरिएको

काठमाण्डौं, कार्तिक ४ ।   

नेपालमा आज ३हजार ९३ जना संक्रमित थपिएका छन् । १३ हजार ८६१ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको छ । संस्थागत आईसोलेसनमा १३हजार ८५१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आज २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९ जना रहेको छ । क्वारेन्टीनमा ४ हजार बढी रहेका छन् ।

यस्तै २४ घण्टामा देशभर गरी ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार