
काठमाडौं, भदौ २५ ।

नेपालमा पछिल्लो २४ घण्टामा आज १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेका छन् ।
अहिलेसम्म संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । संस्थागत आइसोलेसनमा रहेका व्याक्तिको संख्या ८ हजार १० रहेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा आठ हजार १० र होम ६ हजार ४३८ जनाको उपचार भइराखेको छ। २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या आठ लाख १० हजार ४८५ पुगेको छ।
डिस्चार्ज हुनेको संख्या उल्लेख्य
२४ घण्टामा १२ सय ४६ संक्रमित थपिएका छन्। अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन्। २४ घण्टामा १८ सय १९ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। गएको २४ घण्टामा १८ सय १८ जना कोरोना मुक्त भइ घर फर्केका छन् । नेपालमा आज १८ सय १८ जना निको भएसंगै जम्मा निको हुनेको संख्या ३५ हजार सात सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको दर बढ्दै गएको छ । नेपालमा कुल कोरोना संक्रमित मध्य ७१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ३ सहित थप पाँच जना कोरोना संक्रमितको निधन
नेपालमा गएको २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको निधन भएको छ । आज एक महिला र चार पुरुष गरी पाँच जनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँकी ५५ वर्षीया महिला , काठमाडौँकै ५९ र ८३ वर्षीया पुरुषको निधन भएको छ ।
यसैगरी कपिलवस्तुका २९ वर्षीया पुरुष र चितवनका ६२ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृयु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ०.६३ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।





500 पटक हेरिएको 















