पछिल्लो २४ घण्टामा ९ सय ७९ कोरोना संक्रमित पुष्टि, ११ जना कोरोना संक्रमितको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  522 पटक हेरिएको

काठमाण्डौं, भदौ २२ ।  

नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा ९ सय ७९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

त्यस मध्ये सक्रिय संक्रमित १६ हजार २ सय ५९ जना रहेका छन् । ती मध्ये संस्थागत आईसोलेसनमा ९ हजार ६९ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् ।

कोरोनाबाट अहिले सम्म ३० हजार ६ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ४ सय ३९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार