काबुल अन्तराष्ट्रिय विमानस्थलमा शक्तिशाली विष्फोटमा १३ अमेरीकी सेना सहित ८० जनाको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  335 पटक हेरिएको

एजेन्सी, भदौँ ११ ।  

अफगानिस्तानको काबुल विमानस्थलमा भएको दुई श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । मृत्यु हुनेमा १३ अमेरीकी सेना पनि मारिएको बिबिसिले जनाएको छ । इस्लामिक आतंकवादीहरुबाट गराईएको यस विस्फोटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फोट गराईएको थियो ।

अमेरिका तथा बेलायतले यस अघि नै काबुल बिमास्थलमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै आफ्ना सेनालाई सतर्क रहन आदेश जारी गरेको थियो । ईस्लामिक आतंकबादीले काबुल बिमानस्थलमा आत्मघाती आक्रमण गर्ने धम्कीपुर्ण चेतावनी आएको अमेरिकाका गुप्तचर संस्थाले जनाएको थियो ।

विस्फोटमा केही तालिवान लडाकुहरू पनि घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार