पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  485 पटक हेरिएको

काठमाण्डौं, भदौ ८ ।   

नेपालमा आज २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगैँ देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभरका ३९ वटा ल्याबमा भएको १० हजार २ सय ३४ परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

आईसीयुमा जम्मा एक सय ३८ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् । उनीहरु सबै बागमति प्रदेशका रहेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेका छन् । त्यस मध्य ९ हजार ९ हजार एक सय ५४ जना रहेका छन् । बाकीँ ४ हजार ४ सय ६१ संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

क्वारेन्टाईनमा ११ हजार २ सय ७५ रहेका छन् । यस्तै कोरोना मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८ सय ६ रहेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७५ जना रहेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार