पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३० हजार नाघ्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  520 पटक हेरिएको

काठमाडौं, भदौ ५ ।   

पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ  ।

काठमाडौं उपत्यकामा १८२ जनामा  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् । आज ११ जिल्लामा एक एक गरी ११ जना कोरोना संक्रमितको निधन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार