पाटन अस्पतालमा कोरोना संक्रमणका दुई बिरामीको उपचारको क्रममा निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  536 पटक हेरिएको

ललितपुर , भदौ ५ ।  

पाटन अस्पतालमा कोरोनाका कारण शुक्रबार दुइ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा शुक्रबार ३० वर्षीय महिला र ४६ वर्षे पुरूषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले जनाएको छ ।

समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ। पाटन अस्पतालमा मृत्यु भएको पुरुष सर्लाही, मलंगवाका हुन् । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए।उनको आज बिहान मृत्यु भएको हो ।

त्यस्त दोलखा निवासी ३० वर्ष अर्की महिलाको पनि कोरोनाका कारण अस्पतालमा ज्यान गएको हो । मृतक महिला भदौ २ गते उपचारका लागि त्यहाँ भर्ना भएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार