काठमाण्डौँ, भदौ १ ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत एक जना र काभ्रेमा ९८ वर्षीय वृद्ध गरी २ जनाको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोसी अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवका अनुसार अस्पतालमा उपचाररत ४७ वर्षीय पुरूषको सोमबार बेलुका ५ बजेतिर मृत्यु भएको जनाएको हो। आइतबार सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको उनी विराटनगर(८ अस्थायी निवासी थिए । यस्तै काभ्रेको धुलिखेल अस्पतालमा पनि उपचारको क्रममा मृत्यु भएका ९८ वर्षीय वृद्धको साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिले विराटनगरको कोसी अस्पतालमा रहेको उनको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
उनको प्रादेशिक प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। काभ्रेमा कोरोना संक्रमणका कारण निधन भएका ९८ बर्षको बृद्धको नेपाल सरकारको कार्यविधि अनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।
योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ यस ९ पुगेको छ।