कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या १०७ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  711 पटक हेरिएको

काठमाडौं, भदौ १ ।  

कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको जनाएको हो । नेपालमा लगातार संक्रमितको मृत्यु हुने क्रम बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको बताएका हुन । पछिल्लो समय कोरोना संक्रमणको प्रभाब झन दिन प्रति दिन बढ्दै गएसँगै जनमानसमा झन त्रास बढेको छ भने उपत्यकामा आईसोलेशन तथा परिक्षणकोम दायरा बढाउन माग समेत गरेको छ ।

पछिल्लो समय नेपालको प्रदेश नम्बर १ को बिराटनगर, प्रदेश २ र प्रदेश न ३ को काठमाण्डौँ उपत्यकामा कोरोनाको संक्रमण बढेको छ । उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर दिनप्रति बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि दिन प्रति जारी रहेको छ । कोरोना संक्रमण स्थानीय स्तरमा फैलिएसँगै सरकारलाई दबाब बढेको छ भने जनमानसमा त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार