काठमाण्डौ भित्रिनेमा कोरोना संक्रमण उच्च देखियो, आईसोलेसन नभएर कोरोना संक्रमित घरमै उपत्यकामा जोखिम उच्च

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  595 पटक हेरिएको

काठमाण्डौं, साउन २२ ।  

पछिल्लो समय काठमण्डौ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । कोरोना संक्रमणको शुरुवति चरणमा उपत्यका बाहिर जान हतारिएका नागरिकहरु पछिल्लो चरण भारतिय सिमा क्षेत्रमा संक्रमण बढेसङै अहिले फेरी उपत्यका छिर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । नेपाल सरकारले लकडाउनलाई खुकुलो पारेसङै अहिले उपत्यका छिर्नेहरुको सन्ख्या उल्लेख्य छ । उपत्यका भितृनेको संख्यामा बृद्धि भएसङ्गै नाकामा कोरोना परिक्षणको शुरु गरिएको छ ।

तिनिहरुमा नै कोरोना संक्रमण देखिएपछि उपत्यकामा संक्रमितको सूचीमा उल्लेख्य देखिएको छ । उपत्यकामा बुधबार एकै दिन १ सय २ जना संक्रमित थपिएकामा धेरै जसो अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मंगलबार थपिएका संक्रमितलाई नै आईसोलेसनमा व्यवस्थापन गरि नसक्दै बुधबार थप संक्रमित बढे पछि करीब २० जनालाई घरमै राखिएको पाईएको छ । मंगलबार पनि १५ जना संक्रमित घरैमा बसेका थिए ।

काठमाण्डौमै आईसोलेसनको अभाव देखिए पछि कोरोनाको जोखिम अझै बढ्न सक्ने चिन्ता छाउन थालेको छ । नेपालमा हाल सम्म २१ हजार बढी संक्रमित भईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार