नेपाली काग्रेस भित्र महाधिबेशनको माहोल तात्यो देउवाको आफुखुसीमा पौडेल पक्षधर असन्तुष्ट र सिटौलाको मौनता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1329 पटक हेरिएको

काठमाण्डौँ, साउन १६ ।  

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ । नेपाली काग्रेसको महाधिबेशन नजिकिदै गर्दा पार्टी भित्रको बिबाद बढ्न थालेको हो । महाधिबेशन नजिकिदै गर्दा पार्टीमा स्पष्ट तिन खेमा बाहिर देखिएको छ भने तिनै खेमाले छुट्टा छुट्टै महाधिबेशन सम्पर्क कार्यालय पनि खोलेको छ । पार्टी सभापतिको लागि हालका सभापति शेरबहादुर देउबा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको दाबेदारीको रुपमा मैदान उत्रिने प्रष्ट छ । पार्टी भित्र सभापति देउबाले आफुखुसि गरेको आरोप लगाउदै रामचन्द्र पक्षधरका नेता तथा कार्यकर्ता रुष्ट छन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालय सानेपामा भेटेर ‘मनलाग्दी नगर्न’ लिखित पत्र बुझाएका छन्। महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति देउवाले विभाग र समितिमा मनोनयन जारी राखेपछि पौडेल पक्ष असन्तुष्ट छ। पौडेल र महामन्त्री शशांक कोइरालाको हस्ताक्षरसहितको पत्र सभापति देउवालाई उनीहरूले बुझाएका हुन्।

देउवाले १४ औं महाधिवेशन आफ्नो पक्षमा पार्न निर्वाचन आचारसंहिता मिचेर मनोनयन गरिरहेकोले रोक्नु पर्ने पौडेल पक्षको माग छ। ‘सभापतिजीसँग यो पदको झगडा होइन, उहाँसँग नीतिगत लडाइँ हो,’ देउवालाई भेटेपछि नेता पौडेलले भने, ‘हाम्रो पार्टी आफैंभित्र लोकतान्त्रिक हुनुपर्‍यो भन्ने हो। विधिसम्मत चल्नुपर्‍यो।’ राप्रपा छाडेर आएका सुनिल थापालाई देउवाले आफूखुसी सहमहामन्त्री दिएकोमा पनि पौडेल पक्षले देउवासँग असन्तुष्टि जनाएका छन्।

‘कोही पार्टीमा प्रवेश गर्नु स्वागतयोग्य हो। तर कसैलाई कुनै पद दिँदा केन्द्रीय समितिबाट निर्णय गरेर दिनुपर्छ,’ पौडेलले भने, ‘यसैकारण पार्टीभित्र विधिविधानका कुरा उठाउनु परेको हो।’ पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफुखुसी एकपछि अर्को मनोनयन गरेपछि पौडेल पक्षका नेताहरू असन्तुष्ट छन्। देउवाले क्रियाशील सदस्यतादेखि विभाग गठनसम्म हस्तक्षेप गरेको भन्दै पौडेल पक्षका नेता बुधबार पार्टी कार्यालयमा भेला भएका थिए।

उक्त भेलाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभागहरू गठन निर्वाचन आचारसंहिताविपरीत भएको निष्कर्ष निकालेर पौडेलको नेतृत्वमा देउवासँग छलफल गर्ने निर्णय गरेको थियो। पौडेल पक्षका विरोधबीच देउवाले मनोनयन जारी राखेका छन्। बुधबार चार सय ७९ सदस्यीय जेष्ठ राजनीतिज्ञ सभा गठन भएको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको जेष्ठ राजनीतिज्ञ सभा गठन गरिएको हो।

उक्त सभामा पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट र पूर्वसभामुख दमननाथ ढुंगाना पनि जेष्ठ राजनीतिज्ञ सभामा अटेका छन्। जेष्ठ राजनीतिज्ञ सभा गठनप्रति कांग्रेसका नेताहरूले विरोध गरेका छन्। केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति देउवाको गृहजिल्लाका धेरै मानिस जेष्ठ राजनीतिज्ञ सभामा राखिएकोमा असन्तुष्टि जनाएका छन्। ‘पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार