काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन, अध्यादेश ल्याएर एमाले फुटाउन खोजे आगो बाल्ने चेतावनी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  533 पटक हेरिएको

काठमाडौं, साउन ९ ।  

नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । पहिले ओलि सरकारले जसपा फुटाउने प्रयोजनको लागि भनि अध्यादेश ल्याईएको थियो । उक्त अध्यादेश राष्ट्रपतिद्धारा स्वीकृत पनि गरिएको थियो तर राजनितिक दबाबका बिच उक्त अध्यादेश सरकारले फिर्ता गरिएको थियो । अहिले नेपालको राजनितिक कोर्स परिवर्तन भएको छ । सरकारमा तत्कालिन बिपक्षी गठबन्धन आएको छ भने सरकार पक्ष बिपक्षीमा पुगेको छ । अहिले राजनितिक परिघटनाले आफुले गरेको तत्कालिन अध्यादेश आफैलाई पिरोलिरहेको आभास गरिन थालेका छन ।

एमाले सम्बद्ध युर्थ फोर्स अध्यादेश ल्याएर एमाले फुटाउने दुतसाहस कसैले गर्छ भने तिनलाई ठेगान लगाउने समेत धम्कीपुर्ण अभिब्यक्ति दिन थालेका छन । आफ्नो सरकार जोगाउन जस्तो सुकै बितण्डा गर्न पनि पछि नपरेका ओलि सरकार अहिले आफै आतंकित बनेका छन । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताएका छन ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याईयो भने देशभरि अगो बल्छ’ उनले भने । नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।

अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बस्नेतले बताए । उनले एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिए । ‘एमालेका मान्छे समातेर देखाउ, कहिँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउ, होइन भने काँक्रो चोरे आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ उनले भने । नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार