पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  720 पटक हेरिएको

काठमाण्डौं, साउन ४ ।   

नेपालमा हिजो केही घटे पनि आज पुनः संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामाभएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । हाल देशभर क्वारेन्टाईनमा २२ हजार ६ सय ६२ रहेका छन् । अहिले सम्म कोरोनामुक्त भएर कुल ११ हजार ६ सय ९५ जना डिस्चार्ज भएका छन् । यसै गरी कोरोनाबाट कुल ४० जनाको मृत्यु भईसकेको छ ।

कोरोना भाईरस कोभिड–१९ को नियमित पत्रकार सम्मेलन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार