शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  479 पटक हेरिएको

काठमांडौ, साउन ३ । 

पछिल्लो २४ घण्टामा शनिबार कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।

नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए। क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए।

कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।  कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार