प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  288 पटक हेरिएको

काठमाडौं, असार ३१ ।   

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रवार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा  १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार