पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  623 पटक हेरिएको

काठमाण्डौं, असार ३१ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ कुल संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको छ ।
कोरोनाबाट हाल सम्म ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २५ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ६ सय ९७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिले क्वारेन्टाईनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने आईसोलेसनमा ६ हजार एक सय १३ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार