युक्रेनद्धारा रुसको क्रिमिया ब्रिजमा स्टमस्याडो मिसाईलद्धारा आक्रमण, रुसद्धारा सबै मिसाईल आकाशमा नै नष्ट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  408 पटक हेरिएको

रुस, असार २६ । 

रुस र युक्रेन बिचको युद्ध लगभग एक बर्षदेखि जारी छ । दुई देशबिचको युद्ध भएपनि बास्तबिक रुपमा यो लडाईलाई रुस र नाटो बिचको लडाईमा हेर्न थालिएको छ । रुसले युक्रेनको २५ प्रतिशत भूभाग कब्जा गरिसकेको अबस्था छ भने युक्रेन भने नाटो शक्तिको आडमा बिश्वशक्ति राष्ट्र रुससँग निरन्तर लडाईमा डटिरहेको छ । रुसले हालसम्म युक्रेनको जापोरेजिया, मारियोपोल, डोनेस्क, बाखमुट र लुहान्स क्षेत्रलाई कब्जा गरिसकेको छ । लडाईमा हालसम्म दुबै देशका सेना गुमाईसकेको अबस्था छ ।

यसैबिच युक्रेनले नाटो देशको समर्थन र हतियारको भरपुर प्रयोग गर्दै रुसलाई पछाडी धकेल्न प्रयासरत छ । हालसम्म युक्रेनलाई नाटो देशले किबको सुरक्षाको लागि अमेरिकाको नासाम मिसाईल डिफेन्स सिस्टम, हाईमार्स, ब्रिटेनले दिएको स्टोम स्याडो मिसाईल, जुपार रडार सिस्टम, ट्याङ्क, आर्टिलरी सिस्टम जस्ता अत्याधुनिक हतियार दिदै आईरहेको छ तर पनि रुसलाई पछाडी धकेल्न सकेको छैन । युक्रेन अन्य समर्थक देशबाट हतियार मागेर युद्ध लडिरहेको छ भने रुस आफ्नै दममा आफ्नै देशमा निर्मित हतियारको भरमा युद्धलडिरहेको छ । रुस बिश्वको अधिक न्युक्लियर शक्ति राष्ट्र हो । रुसको साथमा बिश्वको अन्य राष्ट्रको तुलनामा अधिक मात्रामा न्युक्लियर हतियार रहेको छ । रुसको पासमा अत्याधुनिक एयर डिफेन्स सिस्टम एस–३००, एस–४००, एस ५००, पन्चशिर जस्ता अत्याधुनिक सिस्टमहरु छ ।

युक्रेनले पछिल्लो समय रुसको राजधानि मस्कोमा पटक–पटक ड्रोन आक्रमण गरिसकेको छ तर पनि रुसको एयर डिफेन्स सिस्टमले युक्रेनको ड्रोनलाई आकासमा नै नष्ट्र गर्दै आईरहेको छ । रुस बिश्वको अत्याधुनिक हतियार मिसाईल, हाईपरसोनिक मिसाईलका साथै एटमि हतिहारमा सबैभन्दा शक्तिशालि राष्ट्रको शिर्ष स्थानमा छ । बिश्व मानचित्रमा दोस्रो नम्बरमा भएपनि रुप हातहतियारको मामलामा पहिलो नम्बरको देश हो । युक्रेन पछिल्लो समय पच्छिमा देशहरुको सैन्य गठबन्धन नाटोमा सामेल हुने चर्चाको बिच रुसले युक्रेनलाई बारम्बार नाटो सामेल नहुन गरेको चेतावनी र आग्रहको नजरअन्दाज र युक्रेनमा अमेरिकाको गोप्य न्युक्लियर अभियानले रुसले युक्रेन माथि सैन्य अभियान चलाएको थियो । रुसले आजको मितिसम्म पनि युक्रेन आम्रमणलाई युद्धको रुपमा स्वीकार गरेको छैन ।

दुई देशबिचकमो युद्धमा हाल बिश्व दुई ध्रुबमा बिभाजन भएको छ । युक्रेनको पक्षमा पश्चिमा देश, नाटो संगठन राष्ट्र, अमेरिका, ईजरायल जस्ता शक्तिराष्ट्रहरुको समर्थन सहित हतियारको समेत आर्थिक सहयोग गर्दै आईरहेको छ भने रुसको पक्षमा भने हालसम्म ४ देश खुलेर समर्थन गर्दै आईरहेको छ । रुसको समर्थनमा हालसम्म उत्तर कोरिया, चीन, बेलारुस र ईरानले समर्थन सहितको हतियारको समेत निर्यात गर्दै आईरहेको छ । तरपनि रुसलाई कुनै पनि देशले खुलेर सैन्य सहायता भने गरेको छैन । रुसले हालसम्म युक्रेन युद्धमा बिदेशी हतियारको रुपमा ईरानको ड्रोनको भने अत्यधिक मात्रामा प्रयोग गरेको पाईन्छ । ईरानको ड्रोन सहयोगले नै रुसले आफ्नो शक्तिशालि हतियारको प्रयोग कम गरेको बिश्व राजनितिमा बहस समेत चलेको पाईन्छ ।

अमेरिकाको हस्तक्षेपकारी नितिका कारण युक्रेन युद्ध लम्बिएको समेत बिश्व राजनितिक बिश्लेषकहरुले बताईरहेका छन । अमेरिका रुसलाई बिश्व अर्थतन्त्रबाट अलगथलक गर्न चाहान्छ । बिश्व राजनिति, रुसको अर्थतन्त्र र सैन्य सामाग्रीमा रुसको दबदबालाई चौतर्फि घेराबन्दी गरी नष्ठ गर्न चाहान्छ । रुसले पनि अमेरिकाको रुस बिरुद्धको रणनितिक चाल र नाटो संगठनको रुसलाई गेराबन्दीलाई राम्रोसँग बुझेर सोही बमोजिमको रणनितिमा काम गरिरहेको बुझ्न सकिन्छ । रुसले पनि अमेरिका सहितको नाटो देशलाई अलगधलक गर्नको लागि काला सागर, अट्लान्टिक सागर, बेलारुस, ब्यारेन सागर, बालटिक सागर र कालिनिनग्राडमा न्युक्लियर हतियार र आफ्ना शक्तिशाली न्युक्लियर हतियारले लेस समरिन तैनाथ गरिसकेको छ भने सबै न्युक्लियर हतियारलाई याक्टिभ रुपमा राखिएको रसियन राष्ट्रपति ब्लादिमिर पुटिनले बारम्बारको प्रेसमिट बिश्वलाई जानकारी सहितको अमेरिकालाई युक्रेन युद्धमा हस्तक्षेप नगर्न न्युक्लियर धम्कि दिईसकेको छ ।

नाटो देशको सैन्य हतियारका साथै ईन्टेलिजेन्स सहायतामा रुसको राजधानि मस्कोका साथै पुटिनको सान क्रिमिया कर्जबृजमा मिसाईल तथा ड्रोन आक्रमण भएको रुसको बुझाई रहदै आएको छ र पुटिनले पश्चिमा देशका साथै अमेरिकालाई न्युक्लियर धम्कि समेत दिदै आईरहेको छ । युक्रेनले केहि समय अघि बम गोलाबारुदले बरिएको ट्रकलाई कर्जब्रिजमा बिस्फोट गराएर आक्रमण गरिसकेको छ । अहिले नाटो देशहरुको शिखर सम्मेलन रुसको सिमा नजिक लिथुनियामा जारी छ । यसैबिच युक्रेन फेरि रुसको कर्जब्रिजमा ब्रिटेनले दिएको स्टोमस्याडो मिसाईल आक्रमण गरेको छ । तर रुसले युक्रेनद्धारा प्रहार गरिएको स्टोमस्याडो मिसाईललाई हावामा नै नष्ट गरिदिएको छ । रुसले युक्रेनद्धारा प्रहार मिसाईल आक्रमणलाई पन्चशिर एयरडिफेन्स सिस्टमले नष्ट गरिएको थियो भने अन्य दुई आक्रमणलाई एस–५०० एयर डिफेन्स सिस्टमले नष्ट गरिएको रसिया संचार माध्यमले जनाएको छ ।

कर्जब्रिजको सुक्षाको लागि रुसले अधिक रुपमा एयरडिफेन्स सिस्टमका साथै २२ लियरबाट ब्रिजको सुरक्षा गर्दै आईरहेको छ । कज्रब्रिजको सुरक्षाको लागि २४ घण्डा एयर डिफेन्स सिस्टम एक्टिभ राख्ने गरेको छ भने स्याटलाईट सिस्टम, एस–३००, एस–४००, एस–५००, पन्चशिर, मिसाईलद्धारा लेस सामुन्दिक जहाज पनि ब्रिजको सुरक्षाको लागि तैनाथ गरिएको छ । युक्रेन भने जसरीम पनि रुसको क्रिमियालाई कब्जा गरेर रुससँग युद्धबिराम गर्ने पक्षमा छन । युक्रेनको चाहनालाई रुसको २२ लिएरको सुरक्षाले असफल पार्दै आईरहेको छ । यता अमेरिकाले भने युक्रेनलाई शत्तिशाली ग्लाडबम दिने निर्णय गरिसकेको छ । अमेरिकाको निर्णयलाई नाटोमा संलग्न प्राय देशले बिरोध गर्दै आईरहेको छ भने अमेरिका आफ्नो निर्णयलाई सहि साबित गर्नको लागि नाटो देशलाई मनाउन लागिरहेको छ र नाटो सम्मेलनमा त्यसको औचित्य सहितको आफ्नो योजना प्रस्तुत गर्ने जनाएको छ ।

ग्लाईड बम अत्यधिक घातक रहेको र युक्रेनले अमेरिकाद्धारा दिएको ग्लाईड बमको प्रयोग गरेमा रुसले बिश्व बिनासक कदम चाल्न पछि नपर्ने नाटो देशहरुको बुझाई रहदै आईरहेको छ । रुसले हालसम्म पश्चिमा देशहरुले दिएको हतियारको मुल्याङ्गन गर्दै त्यसलाई नष्ट गर्ने र त्यसको बदलामा शक्तिशालि हतियारको प्रयोग गर्दै आईरहेको छ । पश्चिमा देशका लिडरहरु पुटिनको माईन्ड गेमलाई बुझ्न हम्मेहम्मे परिरहेको अबस्थामा पछिल्लो समय रुसको प्राईभेट सैन्य संगठन वाग्नर ग्रुपको सैन्य बिद्धोहलाई रुसको कमजोरीको रुपमा ब्याख्या गर्दै आईरहेका युक्रेन लगायत पश्चिमा देशहरु पुटिनको रणनितिको रुपमा रहेको पुष्टि भएपछि भने चकित परेका छन र वाग्नर ग्रुपको चिफ प्रिगोजिनको बेलारुसमा आर्मीबेस बनाई न्युक्लियर हतियारको सुरक्षामा तैनाथ भएको जानकारी आएसँगै नाटो देश र युक्रेन त्रसित बनेका छन भने नाटो देशको सम्मेलनमा १०,००० नाटो सेनाको तैनाथि गरेको छ । नाटो सम्मेलनको सुरक्षाको लागि अमेरिकाले मात्र उच्च सुरक्षाको लागि आफ्ना सेनाको सार्थ एयर डिफेन्स सिस्टमको परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार