काठमाडौँ, असार २० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । पार्टी भित्र अल्पमतमा रहेका र पार्टी अध्यक्ष र प्रधानमन्त्रि दुबै पदबाट राजिनामा मागेपछी पछिल्लो समय मन्त्रि, पार्टी स्थायी सदस्य र राष्ट्रपतिसंग बाक्लो भेटघाट गर्दै आएका छन ।
सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताउनुभएको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गरेर आउनु भन्दै प्रधानमन्त्रीले त्यसका लागि सोच्ने समय दिएको उनले बताए ।
बैठकको भनाई उदृत गर्दै उनले भनेका छन्, ‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,। ’
प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले धारणा राख्दै पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने तर जबरजस्ती प्रधानमन्त्रीलाई हटाउन खोजे संसदीय दलमा बहुमत पु¥याउनेगरी अघि बढ्ने बताए ।
प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनुपर्ने पनि बताउनु स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आफूले पार्टी निर्णय नमान्ने पनि दोहो¥याउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो ।