समसामयिक बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  584 पटक हेरिएको

काठमाडौं, असार १४ ।   

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे आवश्यक छलफलको लागि पदाधिकारी बैठक बसेको हो ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार