आर्थिक अनियमितता गर्नेलाई उन्मुक्ति नदिन एनआरएनए जापानका पूर्व अध्यक्ष थापाको माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  502 पटक हेरिएको

जापान, असार ११ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन ।
पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो ।
एनआरएनए जापानका पूर्व अध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरि सक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी बोक्सी पनी आफै धामी पनी आफै ,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यांग्य गरेका छन ।

थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अनैतिक आर्थिक अनियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न, पदिय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा कानुनी दण्ड सहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरि उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध गरेका छन ।

अनियमितता छानबिन समितिबाट आएको प्रतिबेदन प्रस्ट हुदा हुदै पनी एनआरएनए आईसीसीबाट अनियमिततामा संलग्न पदाधिकारीहरुलाई कारबाही मात्र हैन संस्थाले गुमाएको रकम एबम् संस्थाको पदमा बसेर आर्थिक अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता गर्न पहल गरिएन भने एनआरएनए जापानको पूर्व अध्यक्षको हैसियत तथा एनआरएनए सदस्यको हैसियतले जापानको कानुनी व्यवस्था अनुसार आर्थिक अनियमितताको छानबिन र कानुनी उपचारमा जाने जानकारी समेत गरेका छन ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस

एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार