एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  585 पटक हेरिएको

जापान, असार १० ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवादमा फसेपछि बहालवाला कमिटिलाई निष्कृय गर्दै जुलाई २५ भित्र अधिवेशन गर्ने योजना सहित अनुगमन समितिलाई अधिकार दिएको छ । गैर आवासिय नेपाली संघ जापानको आर्थिक अनियमितता सम्बन्धि मुद्धालाई आईसिसिले पनि सम्बोधन गर्न सकेन । जापानको राष्ट्रिय परिषदमा देखिएको आर्थिक अनियमितताको बिषयमा स्पष्ट रुपमा नखुलाई अध्यक्ष भण्डारीलाई निष्क्रिय राखि आबश्यक छानबिन गर्ने निर्णय सहितको पत्र एनसिसि जापानलाई पठाएको छ ।

तर पनि एनआरएन जापानका कुनै पनि पदाधिकारीलाई आईसिसिले कारबाहिको निर्णय गरेको छैन । विहिबार आईसिसिका अध्यक्ष कुमार पन्तले जारी गर्नु भएको पत्रमा एनआरएन जापानको लागि ७ बुदाको पत्र जारी गर्नु भएको हो । पत्रमा निर्वाचन समितिलाई यथावत राख्दै वर्तमान कार्यसमितिले यथास्थितीमा महासचिवको र कोषध्यक्ष प्रतिवेदन मात्र प्रस्तुत गर्न भनेको छ ।

आईसिसिले गठन गरेको अनुगमन समितिक संयोजकमा भवन भट्ट, सदस्यहरुमा क्षेत्रिय र सहसंयोजक आईसिसि सदस्यलाई समावेसगरी १२ सदस्यिय बनाएको छ । आईसिसिले राजन प्रधानाङ्गको संयोजकत्वमा गठित छानबिन समितिको आर्थिक प्रतिबेदन स्पष्ट नभएकोले आबश्यक छानबिन गर्ने समेत उल्लेख गरेको छ ।

एनआरएनए जापान बिबादमा आईसिसिको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार