राष्ट्रपतिद्धारा राजनितिक छलफल सहितको रात्रिभोज आयोजना, को को जादैछन् राष्ट्रपतिको रात्रिभोजमा ?

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1067 पटक हेरिएको

काठमाण्डौं, असार १० ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसगं आज साँझ छलफल गर्ने भएकी छन् । त्यसका लागि नेताहरुलाई आज साझँ शीतल निवासमा आयोजना गरिएको रात्रिभोजमा निम्त्याईएको छ । यस छलफलमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सभामुख सहितलाई बोलाईएको छ ।

नक्सा ससोधन विधेयक पारीत सर्वसम्मत भए पनि नागरिकता विधेयकमा देखिएको फरक मत, समसामयिक स्थिति, कोरोना नियन्त्रण जस्ता बिषयमा छलफल हुने राष्ट्रपति कार्यालयले बताईएको छ । छलफल साँझ ५ बजे पछि हुने छ । सरकारले कोरोना महामारी र लकडाउनका कारण लकडाउनको समयमा भोज भतेरमा १५ जना भन्दा बढी भेला हुन नपाउने भनेर उर्दी जारी गरे पनि आज राष्ट्रपति कार्यलयमा दर्जनौ नेताहरु एकै ठाँउ भेला हुने क्रम शुरु भएको छ ।

साझँ ५ बजेदेखि राति ८ बजे सम्मका लागि तय भएको सामुहिक छलफल र भोजमा उपराष्ट्रपति , प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु , संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सामेल हुदै छन् । यसै गरी नेकपाका स्थायी समितिका सदस्यहरुलाई समेत निम्तो गएको बुझिएको छ । करीब सय जना भन्दा बढी नेताहरुले आज राष्ट्रपति कार्यलयमा छलफल पछि खानपिन गर्ने तयारी गरिएको छ । यसै गरी उक्त रात्रिभोज सहितको छलफलमा मन्त्रीहरुलाई पनि निम्तो दिईएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार