काठमाण्डौँ, असार ७ ।

पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका संचालक समेत रहेका रबि लामिछाने बिगत केहि समय देखि प्रतिनिधि सभाको चुनाबमा आफ्नो उम्मेद्धारी दिने घोषण गरेका थिए ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको बताए। बिभिन्न पार्टीमा भएको छलफलबाट कुनै पनि निष्कर्ष नआएपछि छुट्टै पार्टी गठन गरिएको जनाएको हो ।
तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। आफूले कहाँबाट चुनाव लड्ने भन्ने बारे उनले पछि मात्रै निर्णय हुने बताए ।



477 पटक हेरिएको 
















