नेपाली बिद्यार्थीलाई अध्ययन र वैदेशिक रोजगारीमा जान खुला गर्ने उच्च स्तरीय समितिको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  761 पटक हेरिएको

काठमाडौं, असार ५ ।  

बिश्व कोरोना महामारीको चपेडामा परीरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर बैदेशिक रोजगार, ब्यबसाय, शिक्षा लगायतका बिभिन्न क्षेत्रमा परेको छ । कोरोना महामारीको कारण रोकिएको बैदेशिक रोजगारी सेवालाई पुन शुरु गर्ने गृहकार्य थालेको छ । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ । बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ । संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।

बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । सीसीएमसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार