संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा राखिने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  658 पटक हेरिएको

काठमाडौं, असार ४ ।   

आज राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको संशोधित नक्सा सहितको दोस्रो संबिधान संशोधन बिधेयक पास भएसंगै उक्त संशोधन बिधेयक स्वीकृतिको लागि राष्ट्रपति समक्ष पेश गरीएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिबाट विधेयक पारित भएसँगै नेपालको संविधान संशोधन भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा सरकारको निशान छापमा राख्न संविधान संशोधन गरिएको हो।

सरकारले हालै नेपालको नयाँ नक्शा जारी गरेको थियो। निशानछापमा समेन नयाँ नक्शा राख्नुपर्ने भएकाले संविधानको अनुसूची संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो। संसदका दुबै सदनबाट सर्वसम्मतरुपमा यो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागु भएको हो।
अब नेपाल सरकारको निशान छापमा नयाँ नक्शा हुनेछ।

राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्ति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार