एनआरएनए जापान क्षेत्रिय कार्यसमिति नागोयाको निर्वाचन सम्पन्न, संयोजकमा ५२९ मत सहित मनोज बम मल्ल निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  761 पटक हेरिएको

जापान, जेठ २९।   

 

गैर आवासीय नेपाली संघ, नागोया क्षेत्रिय कार्यसमितिको निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ । गैर आवासीय नेपाली संघ, नागोया क्षेत्रिय कार्यसमितिको ८ औँ अधिबेशन २ चरणमा सम्पन्न भएको छ । नागोया क्षेत्रिय कार्यसमितिको ८ औँ अधिबेशन ६ तारिकको लागि तय भएको थियो तर सहमति नभएको खण्डमा निर्वाचनको लागि भनि जुन ११ तारिकको लागि मिति तय गरिएको थियो । सोही बमोजिम हिजो र आज बेलुकी १० बजेसम्मको लागि तय गरिएको निर्वाचन सम्पन्न भएको छ । अनलाईन भोटिङ्गका माध्यमबाट सम्पन्न भएको निर्वाचनबाट संयोजकमा रुद्र मल्ल मनोज बम मल्ल ५२९ (९०) प्रतिशत भोट ल्याई निर्वाचित भएका छन भने प्रत्यासी गंगा घर्ती मगरले ३२(५) र अर्का प्रत्यासी राम बहादुर खत्रीले २८(५) भोट मात्र ल्याएका छन ।

हिजो र आज भएको अनलाईन भोटिङ्गबाट क्षेत्रिय कार्यसमितिका संयोजकमा रुद्र मल्ल मनोज बम मल्ल ५२९ सहित निर्वाचित भएको हो । त्यस्तै उपसंयोजकमा भेष नाथ गौतमले ५०२ मत र योमन देवानले ४९५ मत ल्याई निर्वाचित भएका छन । महिला उपसंयोजकमा भने सम्झना पण्डित निर्बिरोध निर्वाचित भएका हुन । कार्यसमितिको सचिबमा भने बिष्णु बहादुर कार्की निर्वाचित भएका छन । उनले ४९१ मत ल्याई निर्वाचित भएको हो । सह–सचिबमा नीलम राउत र प्रवन पाण्डेले क्रमश ४५९ र ४५१ मत ल्याई निर्वाचित भएका छन ।

कोषाध्यक्षमा यम बहादुर पाईजा निर्बिरोध चयन भएका हुन भने सह–कोषाध्यक्षमा सरोज बडाल ३९९ मत ल्याई निर्वाचित भएका छन। त्यस्तै नागोया क्षेत्रिय कार्यसमितिको सदस्यहरुमा भने कुशल पौडेल, दल बहादुर कार्की, मित्र लाल सिग्देल, रमेश श्रेष्ठ, बिप्लब श्रेष्ठ र राजेश अधिकारी निर्वाचित भएका छन । त्यस्तै सुजन कार्की सदस्य (बिद्यार्थी कोटा)बाट निर्बिरोध निर्वाचित भएका हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार